माइपे वालेटले सुबिसु इन्टरनेटको २५औँ वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।
माइपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टीभीएसको एनटर्क १२५ स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ।
साथै, साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिनेछ। यसका साथै सुबिसु प्रयोगकर्ताले माइपेबाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु२५ प्रोमो कोड प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याकसमेत प्राप्त गर्न सकिने माइपेले जनाएको छ।
यो अफर चैत्र १७ सम्म लागू हुने माइपेले जनाएको छ।
यसअघि पनि माइपेले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरू प्रस्तुत गर्दै आएको छ।
माइपे वालेट प्रयोग गरी मोबाइल टपअप गर्दा ५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नुका साथै हवाई टिकट बुकिङमा, अन्य इन्टरनेटको बिल भुक्तानी, खानेपानी तथा बिजुलीको बिल भुक्तानी लगायतका सेवामा समेत विशेष छुट तथा क्यासब्याक सुविधा उपलब्ध गराउँदै आएको छ।
माइपेले आगामी दिनमा समेत ग्राहकहरुको आवश्यकता र चाहानालाई मध्येनजर गर्दै यस्तै नवीन र आकर्षक योजनाहरु ल्याउने जनाएको छ।
Shares

प्रतिक्रिया