कारोबार


नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल

नेपालखबर
माघ १५, २०८२ बिहिबार ६:३१, काठमाडौँ

चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैङ्क अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच भेटवार्ता भएको छ। 

चीनको थियानचिनमा ‘बैङ्क फर इन्टरनेसनल सेटलमेन्ट्स’ द्वारा आयोजित बिसौँ एसिया प्यासिफिक हाई लेभल मिटिङ अन ब्याङ्किङ सुपरभिजन’ कार्यक्रममा बुधबार उनीहरुबीच भेटवार्ता भएको हो। 

भेटमा उनीहरूबीच  दुई केन्द्रीय बैङ्कबीच सहयोग र सहकार्यका विविध विषयमा कुराकानी भएको गभर्नर पौडेलको सचिवालयले जनाएको छ। 

भेटका अवसरमा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदान–प्रदानका क्षेत्रका अवसर र चुनौती, वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको छ। 

यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्पmत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको सचिवालयले जनाएको छ। 

त्यस अवसरमा पिबिओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदान–प्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैङ्क तयार रहेको बताए। 

गभर्नर पौडेलले दुई केन्द्रीय बैङ्कबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैङ्क तत्पर रहेको विचार व्यक्त गरे।

भेटमा पिपुल्स बैङ्क अफ चाइना (पिबिओसी) का अन्तरराष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैङ्कका तर्पmबाट बैङ्क सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेलगायत सहभागी थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad