कारोबार


राजनीतिक सन्देशसहितको प्रसारित सन्देशमा एनसेलको ध्यानाकर्षण

राजनीतिक सन्देशसहितको प्रसारित सन्देशमा एनसेलको ध्यानाकर्षण

नेपालखबर
पुस ३०, २०८२ बुधबार १८:४, काठमाडौँ

एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण नभएको पाइएको पनि एनसेलले स्पष्ट पारेको छ। 

‘घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराइएको छ’, कम्पनीले भनेको छ, ‘एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ।’ 

एनसेलले प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गर्दै आएको जनाएको छ।

‘सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा, एनसेल ग्राहकको डाटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम गर्दै आएको छ’, कम्पनीले भनेको छ। 

एनसेलमा ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको पनि जनाइएको छ। ग्राहकको डाटा कुनै पनि अनधिकृत उद्देश्यका लागि साझा नगर्ने गरेको वा दुरुपयोग हुन नदिएको उल्लेख गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad