कारोबार


फिफा विश्वकप २०२६ का लागि २ करोड बढी टिकटको माग

फिफा विश्वकप २०२६ का लागि २ करोड बढी टिकटको माग

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १३:२१, काठमाडौँ

फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म २ करोड बढी टिकटको माग भएको छ।

टिकटको मूल्यमा उच्च वृद्धि गरिएको भन्दै फिफाको आलोचना पनि भइरहेको छ। 

टिकटमा अत्यधिक मूल्यवृद्धि गरिएको आलोचना पछि फिफाले विशेष समर्थकका लागि ६० अमेरिकी डलर टिकट दर तोकेको छ।

यो फाइनलसहित १ सय ४ खेलहरुका लागि ६० डलर तोकिएको हो। यो टिकट विशेष गरेर छनोट भएका टोलीका समर्थकका लागि हो। यसअन्तर्गत छनोट भएका राष्ट्रिय टिमसँग नजिक रहेका समर्थकलाई मात्र उपलब्ध गराइनेछ। 

फिफा विश्वकप सन् २०२६ को ११ जुनदेखि १९ जुलाईसम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad