कारोबार


‘लकडाउन खुलेबित्तिकै विदेशबाट एकैचोटि १० लाख युवा नेपाल फर्किने, स्थिति भयावह हुने’

‘लकडाउन खुलेबित्तिकै विदेशबाट एकैचोटि १० लाख युवा नेपाल फर्किने, स्थिति भयावह हुने’

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १७:२०,

लकडाउन खुलेलगत्तै विदेशबाट एकैचोटि कम्तीमा १० लाख युवा नेपाल फर्किने तयारीमा रहेको सरोकारवालाले बताएका छन्।

बिहीबार श्रम रोजगार पत्रकार समूहद्वारा आयोजित अनलाइन पत्रकार भेटघाट कार्यक्रममा उद्योगी, ट्रेड युनियनका नेता तथा सरकारी पक्षले विदेशबाट फर्किने युवाको संख्या ठूलो हुने र व्यवस्थापनमा चुनाैती पर्ने बताएका हुन्। 

कोरोना भाइरस (कोभिड-१९) का कारण रोजगारी गुमाएका उनीहरू नेपालले अन्तर्राष्ट्रिय बन्द गरेकाले मात्रै रोकिएको र खुल्नेबित्तिकै एकैचोटि नेपाल ओइरिने तयारी रहेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष पुष्कर आचार्यले बताए।

आचार्यका अनुसार अहिले रोजगारीका लागि विदेशमा रहेका करिब ४५ लाख युवामध्ये कम्तीमा १० लाख युवा लकडाउन खुलेलगत्तै नेपाल आउने तयारीमा छन्।

‘नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको अवस्था वा चार्टर गरेर भए पनि नेपाल आउन पाएमा आफ्नै खर्चमा नेपाल आउन चाहनेको संख्या धेरै छ,’ उनले भने, ‘त्यसकारण लकडाउन खुलेलगत्तै आउने उनीहरूलाई तत्काल क्वारेन्टाइनमा राखी व्यवस्थापन गर्ने र पछि रोजगारी सिर्जना गर्ने कुरामा पनि सरकारले काम गर्नुपर्ने हुन्छ, राम्रोसँग व्यवस्थापन नगरे स्थिति बिग्रन पनि सक्छ।’

मजदुर नेता आचार्यले स्वदेशमै रोजगारी गुमाएका र विदेशबाट फर्केकाहरुलाई सरकारले निश्चित समयभित्रै रोजगारी उपलब्ध गराउन नसके स्थिति बिग्रने बताए।

‘विदेशबाट आउनेहरुको सीप र क्षमतालाई कृषिलगायत क्षेत्रमा लगाउनुपर्छ र त्यसका लागि सरकारले बाटो बनाउनुपर्छ,’ उनले भने, किनभने उनीहरुका लागि अवसरको सिर्जना नगर्ने हो भने मुलुक अत्यन्त ठूलो समस्यामा पर्नेछ, रोजगारी प्राप्त नभएर राज्य-विप्लव को अवस्था पनि आउन सक्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad