अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अब महासंघमा जाने भएको छ।
नाडा केन्द्रीय कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभामा महासंघमा लैजाने प्रस्ताव गर्ने भएको हो।
यसअनुसार बैठकले ४९औँ साधारणसभा आगामी पुस ९ मा दि प्लाजा ललितपुरमा गर्ने निर्णय गरेको छ।
एसोसिएसनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको नाडाको २२औँ र यही मंसिर १५ गते बैठक बसेको हो।
27
Shares

प्रतिक्रिया