कारोबार


जेनजी आन्दोलन : २३ अर्ब ४३ करोडको बीमा दाबी, ४ अर्ब २ करोड भुक्तानी

पुनर्बीमा कम्पनीबाट बीमकले कति पाए?
जेनजी आन्दोलन : २३ अर्ब ४३ करोडको बीमा दाबी, ४ अर्ब २ करोड भुक्तानी

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १७:५५, काठमाडौँ

हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल ३ हजार २५५ वटा बीमा दाबीको करिब २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकमको भुक्तानी पनि भइरहेको छ।

हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिब १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिब ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४४ करोड १० लाखमध्ये करिब ८४ करोड ८५ लाख भुक्तानी भएको छ।

यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिब ५५ करोड ४ लाख दाबी रकममध्ये करिब ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये करिब ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिब ३९ करोड १८ लाख दाबी रकममध्ये करिब ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ। 

पुनर्बीमा कम्पनीबाट बीमकले कति पाए दाबी भुक्तानी?
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad