एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले नौवटा कम्पनीमा रहेको आफ्नो सेयर बिक्री प्रक्रिया अघि बढाएको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले विभिन्न बैंक, वित्त र बिमा कम्पनीहरुमा रहेको आफ्नो संस्थापक र साधारण सेयर बिक्री अगाडि बढाउने निर्णय गरेको हो।
एनआरएनको कुमारी बैंकमा ५ लाख ३० हजार कित्ता, नेशनल माइक्रोफाइनान्स लघुवित्तमा १ लाख ७ हजार ४ सय ८४, नेरुडे मिर्मिरे लघुवित्तमा ७४ हजार १०६ र मेरो माइक्रोफाइनान्स लघुवित्तमा ७८ हजार २०९ कित्ता संस्थापक सेयर छ। त्यसैगरी मेरो माइक्रोफाइनान्स लघुवित्तको २८ हजार २१५ कित्ता साधारण सेयर पनि कम्पनीले बिक्री गर्ने भएको छ।
यसबाहेक कम्पनीका प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीमा ४० हजार १ कित्ता र नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा २ लाख २५ हजार कित्ता संस्थापक सेयर छ। यसबाहेक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १ कित्ता साधारण सेयर रहेको छ। यी सबै सेयर कम्पनीले बिक्री गर्न लागेको हो।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत असार ९ गते पत्र पठाउँदै उक्त सेयर बिक्री गर्न निर्देशन दिएको थियो। सोहीअनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया