नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशीलता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशीलता कार्यक्रमबाट १ सयभन्दा बढी नवप्रवर्तनहरु लाभान्वित भएका थिए।
सरकारले सुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रिया, उद्योगको प्रकृतिलगायतका विषयमा नवप्रवर्तनहरुलाई अभिमुखीकरण दिइएको थियो।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आह्वान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गतेसम्मको समय तोकिएको छ। चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रिया, कर्जा उपलव्ध गराइने क्षेत्रलगायतका विषयमा नवप्रवर्तनहरुलाई जानकारी दिएका थिए।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए। आगामी आर्थिक वर्षको बजेटमा वृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुुपर्ने उनको भनाइ छ।
स्टार्टअप कर्जा लिएर उद्यमशीलता गरेका नवप्रवर्तनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुुपर्ने एवं उनीहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुुपर्ने अध्यक्ष अग्रवालले बताए। स्टार्टअप कर्जासम्बन्धी थप अध्ययन अनुुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुुपयोग गरी उद्यमशिलता विकास गर्नुुपर्नेमा जोड दिइन्। महिला उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाइ छ।
Shares

प्रतिक्रिया