कारोबार


सिद्धार्थ बैंकको लाभांश पारित

सिद्धार्थ बैंकको लाभांश पारित

नेपालखबर
मंसिर १, २०८२ सोमबार १२:३, काठमाडौँ

सिद्धार्थ बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा साधारणसभा गरिएको बैंकले जनाएको छ।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँको बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको  ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्नेसहितका आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ। 

त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad