कारोबार


नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा थामसेर्कु ट्रेकिङले भन्यो– कानुनी प्रक्रिया पूरा गरेका छौँ, भाडा तिरिरहेका छौँ

नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा थामसेर्कु ट्रेकिङले भन्यो– कानुनी प्रक्रिया पूरा गरेका छौँ, भाडा तिरिरहेका छौँ

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १५:४०, काठमाडौँ

थामसेर्कु ट्रेकिङ प्रालिले कानुनी प्रक्रिया पूरा गरेर नै नेपाल ट्रस्टको जग्गा भाडामा लिएको बताउँदै यससम्बन्धी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विज्ञप्ति जारी गर्दै प्रचलित कानुनी प्रक्रिया अपनाएर नै नेपाल ट्रस्टको जग्गा लिजमा लिएको र भाडा तिरिरहेको दाबी गरेका हुन्। 

‘नेपाल ट्रस्टको कार्यालयसँग कानुनी प्रक्रिया पूरा गरी २०७४ जेठ १४ मा लिजमा लिएको काठमाडौं महानगर १ दरबारमार्गको नेपाल ट्रस्टको नाममा रहेको जग्गा, सोमा पनि यस कम्पनीले बनाएको भवन, लिज रकम, लिज अवधि, लिज क्षेत्रफल लगायतका विषयमा भ्रामक, कपोलकल्पित र प्रचलित कानुनको बर्खिलाप हुने गरी प्रकाशित समाचार र सूचनाहरुप्रति यस कम्पनीको आपत्ति छ’, शेर्पाले भनेका छन्। 

उनका अनुसार ट्रस्टको कार्यालयबाट २०७३ असार १४ मा गोरखापत्रमा लिज प्रस्तावको सूचना आह्वानपछि थामसेर्कुले टेन्डर प्रक्रियामा भाग लिएको थियो। सो क्रममा १ अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रुपैयाँ (जग्गठाको हकमा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र भवन निर्माणको हकमा १९ करोड २९ लाख ६५ हजार ९ सय २७ रुपैयाँ) तिर्ने प्रस्ताव गरी तोकिएका सबै शर्त पूरा गरी दरबारमार्गको उक्त जग्गा निर्माण अवधिको ३ वर्षसहित जम्मा ३० वर्षको लागि लिजमा प्राप्त गरिएको हो। 

तर कोभिड १९ को विषम परिस्थितिमा पनि कम्पनीले सो जग्गामा सम्झौअनुसार नै तोकिएको अवधिमा भवन बनाई सञ्चालनमा ल्याएको र त्यही मितिदेखि लिजबापतको रकम भुक्तानी गर्दै आएको उनले बताएका छन्। 

‘यस कम्पनीले १९ करोड २९ लाख ६५ हजार ९ सय २७ रुपैयाँ लागतमा भवन निर्माण गर्ने भनी प्रस्ताव गरिए पनि भवन निर्माण गर्दै जाँदा सो भवनको लागत ४० करोडभन्दा बढी परेको र जग्गाको लिजबापत हालसम्म २१ करोडभन्दा बढी रकम यस कम्पनीले नेपाल ट्रस्टको कार्यालयलाई भुक्तानी गरिसकिएको जानकारी गराउँछौँ’, उनले भनेका छन्। 

यस्तो छ थामसेर्कुको धारणा


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad