घट्दो बजारले आइतबार पनि निरन्तरता पाएको छ।
सेयरबजार परिसूचक नेप्से आइतबार पनि दोहोरो अंकले घटेर पुनः २५ सयकै यात्रामा आइपुगेको हो।
गत साताबाटै निरन्तर घट्न थालेको नेप्सेले यो साताको पहिलो कारोबार पनि राताम्मे नै बन्न पुग्यो।
आइतबार नेप्से सूचक ३०.०१ अंकले घटेर २५६६.०९ अंकमा नेप्से बन्द भएको छ। सूचकसँगै आइतबार लगानीकर्ताले कारोबारलाई पनि घटाएका छन्। कारोबार सुरु भएबाटै ओरालो लागेको बजारलाई हेरेर लगानीकर्ताले ४० अर्ब ९० करोडको मात्रै कारोबार गरेका छन्।
गत बिहीबार लगानीकर्ताले ५ अर्ब ३२ करोडको कारोबार गरेका थिए। यो साता भने लगानीकर्ताले कारोबारलाई थप घटाएका छन्। कारोबार र सूचक घटेर राताम्मे बनेको बजारमा कमाउने लगानीकर्ता पनि थोरै मात्र देखिए।
आज कारोबारमा आएका ३२३ कम्पनीमध्ये २२२ वटाको सेयर मूल्य घटेको छ भने २८ वटाको मूल्य बढेको छ। जसमा दरमखोला हाइड्रो, माबिलुंङ इनर्जी, सागर डिस्टिलरी, रुरु जलविद्युत् र नेपाल एसबीआई बैंकको डिबेन्चरको मूल्य ९ प्रतिशतभन्दा माथिले बढ्न पुग्यो भने अन्य कम्पनीहरुको मूल्यमा सामान्य बृद्धि मात्रै देखियो।
यस्तै घट्नेमा भने लघुवित्तहरु अगाडि देखिएका छन्। जसमा उन्नति सहकार्य लघुवित्तको मूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लाग्यो भने नेपाल फाइनान्स, मानुषी लघुवित्त, सम्पदा लघुवित्त र मल्टीप्रपोज फाइनान्स कम्पनी मूल्य घट्नेको सूचीमा अगाडि देखिए।
यो दिन लगानीकर्ताले सबैभन्दा धेरै युनियन हाइड्रो र नेपाल रि इन्स्योरेन्सको सेयरको कारोबार गरे। लगानीकर्ताले युनियन हाइड्रोको २७ करोड रुपैयाँको सेयर कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सको २३ करोडको कारोबार गरेका हुन्।
Shares

प्रतिक्रिया