सरकारले ३ करोड रुपैयाँभन्दा धेरैको घरजग्गा कारोबार गर्ने कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खुलाएको छ। भूमि व्यवस्था तथा अभिलेख कार्यालयले बिहीबार सूचना जारी गर्दै एक महिना अवधि राखी लाइसेन्स खुलाएको हो।
विभागले लाइसेन्स लिन चाहने कम्पनीका लागि दस्तुरसमेत तोकी लाइसेन्स खुलाएको हो। विभागका अनुसार एक पटकमा ५ करोडसम्मको घरजग्गा कारोबार गर्ने कम्पनीका लागि ५ लाख र त्यसभन्दा धेरैको कारोबार गर्नेलाई १० लाख रुपैयाँ शुल्क तोकेको छ।
मालपोत ऐनमा जग्गा कारोबार गर्दा कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था छ । सोही ऐनले जग्गा खरिद बिक्री हुँदाको सीमासमेत तोक्ने उल्लेख छ।
597
Shares

प्रतिक्रिया