कारोबार


काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज १ घण्टा ३८ मिनेट आकाशमा बिताएर पुनः विराटनगर फर्कियो

काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज १ घण्टा ३८ मिनेट आकाशमा बिताएर पुनः विराटनगर फर्कियो

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १२:५, विराटनगर

आज बिहान विराटनगरबाट काठामाडौँको लागि उडेको श्री एयरलाइन्सको जहाज एक घण्टा ३८ मिनेट आकाशमा बिताएर फेरि विराटनगर नै फर्किएको छ। 

खराब मौसमका कारण श्री एयरलाइन्सको विमान काठमाडौँ अवतरण हुन  नसकी पुनः विराटनगर नै फर्किएको हो। 

नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेकाअनुसार श्री एयरलाइन्सको फ्लाइट नम्बर ७३२ काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि पुनः विराटनगर अवतरण गरिएकाे हो।  

काठमाडौँको मौसम खराब हुँदा विमान अवतरणमा समस्या भएको बताइएकाे छ।

एक घण्टा आकाशमै फन्को मारेर विमान पुनः विराटनगरमै अवतरण भएपछि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे जानकारी दिएका हुन्। 

उनले लेखेका छन्, ‘श्री एयरलाइन्सको जहाज फ्लाइट नम्बर ७३२ को जहाज खराब मौसमका कारण काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटको उडानपछि पुनः विराटनगर फर्कियौँ।’

विमान कम्पनीले पनि खराब मौसमको कारण विमान काठमाडौँमा अवतरण हुन नसेपछि पुनः विराटनगर फर्किएको जानकारी दिएको छ।  

काठमाडौँमा कम भिजिबिलिटी भएको कारण अवतरण गर्न नसकेर विमान विराटनगर फर्किएको विराटनगर विमानस्थल प्रशासनले जनाएको छ। काठमाडौँमा गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad