कारोबार


सुनको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
सुनको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

नेपालखबर
असोज २९, २०८२ बुधबार १२:११, काठमाडौँ

सुनको मूल्य आज पनि बढेको छ। हिजो तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको हो। 

सुनको मूल्य आज तोलाको दुई लाख ४८ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

सुनको मूल्य हिजो तोलाको दुई लाख ४८ हजार पाँचसय रुपैयाँ थियो। 

यसअघि गएको सोमबार सुनको मूल्य तीन हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो। 

गएको मंसिर १० गते एकैदिनमा सुनकाे मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो। 

त्यसैगरि चाँदीको मूल्य पनि पनि बढेकाे छ। 

चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ बढेर तीन हजार तीनसय ४० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्कै सर्वाधिक महँगो हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad