कारोबार


अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

नेपालखबर
असोज २८, २०८२ मंगलबार ५:५८, काठमाडौँ

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकामा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित कार्यक्रमका विषयमा छलफलका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ। 

भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थिए।

विश्वबैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी पुगेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad