स्मार्टफोन ब्राण्ड भिभोले वाई सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई२१डी नेपाली बजारमा सार्वजनिक गरेको छ।
युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउने कम्पनीको दाबी छ।
भिभो वाई२१डी नेपालकै सबैभन्दा किफायती आईपी ६८÷६९ डस्ट एन्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन हो। यसमा अलराउन्ड वाटरप्रुफ प्रोटेक्सन फिचर छ। यसले अन्डरवाटर फोटोग्राफी मोड मार्फत पानीमुनिका सुन्दर दृश्यहरू सजिलै कैद गर्न सहयोग गर्छ। साथै, वनट्याप वाटर इजेक्सन र वनट्याप डस्ट एण्ड वाटर रिमोवल जस्ता स्मार्ट फिचरहरूले फोनभित्र प्रवेश गर्ने धुलो वा पानीलाई सहजै बाहिर निकाल्न मद्दत गर्छ।
फोनको मजबुतीलाई एसजीएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशनले प्रमाणित गरेको छ। थप सुरक्षाका लागि यसमा एयर–स्प्रिङ्ग फोन केस समेत उपलब्ध छ।
शक्ति र प्रदर्शनको पक्षमा, भिभो वाई२१डिमा ६५०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी समावेश छ, जसले २१.६ घण्टासम्म निरन्तर युट्युब स्ट्रिमिङको सुविधा दिन्छ र २० प्रतिशतबाट १०० प्रतिशत चार्ज हुन करिब ७५ मिनेट मात्र लाग्छ। दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै यस ब्याट्रीले ५ वर्षपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमतामा काम गर्ने ग्यारेन्टी प्रदान गर्छ।
प्रदर्शनका लागि, फोनमा ६ जीबी वा ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज छ। साथै, भिभोको ५०–महिना स्मूथ एक्स्पिरियन्स प्रोमिसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्छ। सर्कल टु सर्च विथ गुगल, पासकी, एआई स्क्रिन ट्रान्सलेशन, फेस अनलक (मास्क वा हेल्मेटसहित) र ग्लभ मोड जस्ता स्मार्ट फिचरहरूले प्रयोगलाई अझ सहज बनाउँछन्।
डिजाइनको हिसाबले, यो स्मार्टफोन दुई आकर्षक रङ कोरल रेड र जेड ग्रीनमा उपलब्ध हुनेछ। फ्ल्यागसिप क्वाड–कर्भड ब्याक कभर, प्रिमियम फ्रेम डिजाइन र डाइनामिक लाइट इफेक्टले यसलाई स्टाइलिश र आधुनिक बनाउँछ।
मनोरञ्जनका लागि, फोनले ४०० प्रतिशत लार्ज भोल्युम डुअल–स्टेरियो स्पिकरसहित सशक्त ध्वनि प्रदान गर्छ। साथै, ६.६ इन्च डट्च डिस्प्ले, १००० निट्स ब्राइटनेस र ९० हर्ट्ज रिफ्रेश रेटमार्फत स्पष्ट र स्मूथ भिजुअल्स अनुभव गर्न सकिन्छ। ब्लू–लाइट सर्टिफिकेसन र आई–प्रोटेक्सन मोडले दृश्यलाई आँखामैत्री बनाउँछन्। क्यामेरा पक्षमा, ५० एमपी एचडी मुख्य क्यामेरासहितका एआई फोटो इन्ह्यान्स, मल्टी–स्टाइल पोट्र्रेट, स्टाइलिस नाइट फिल्टर्स जस्ता फिचरहरूले प्रयोगकर्तालाई सृजनात्मक फोटो अनुभव प्रदान गर्छ।
भिभो वाई२१डि असोज १९ देखि नेपालभरका अधिकृत रिटेल पार्टनरहरू र दराज अनलाइनमार्फत उपलब्ध छ भने
यसको मूल्य (६ जीबी र १२८ जीबीको) २१ हजार ४९९ रुपैयाँ र (८ जीबी र १२८ जीबीको) २३ हजार ४९९ रुपैयाँ तोकिएको छ।
Shares

प्रतिक्रिया