कारोबार


पर्यटन बोर्डले भन्यो– २० हजार पर्यटक नेपालमा छन्, सहयोग गर्नू, बढी शुल्क नअसुल्नू

पर्यटन बोर्डले भन्यो– २० हजार पर्यटक नेपालमा छन्, सहयोग गर्नू, बढी शुल्क नअसुल्नू

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८२ शनिबार १३:३३, काठमाडौँ

पर्यटक, टुर अपरेटर र स्थानीय समुदायलाई नेपाल पर्यटन बोर्डले बदलिँदो प्राकृतिक अवस्थाबारे अवगत गराउँदै सतर्क रहन आग्रह गरेको छ। 

सूचना जारी गर्दै बोर्डले पर्यटकहरुलाई आधिकारिक मौसम र यात्राको अपडेट अनुसरण गर्न र सतर्क रहन भनेको छ। त्यसैगरी दर्तावाल कम्पनी र अनुमतिप्राप्त गाइडहरुसँग मात्र यात्रा गर्न सुझाएको छ। 

सडक र पुग्ने गन्तव्यको अवस्था बुझेर मात्रै यात्रा गर्न पनि पर्यटकहरुलाई अनुरोध गरिएको छ। केही कठिनाइ भए पर्यटक प्रहरीलाई ११४४ नम्बरमा फोन गर्न आग्रह गरिएको छ। 

यता टुर अपरेटरहरुका लागि पनि बोर्डले पर्यटकहरुलाई मौसमी अवस्थाबारे अपडेट गराउन अनुरोध गरेको छ। ड्राइभर र गाइडहरुसँग नियमित सम्पर्कमा रहेर उनीहरुलाई सुरक्षित आवागमन गराउन भनिएको छ। रुटको प्रमाणीकरण र अवस्थाबारे हिँड्नुअघि नै जानकारी गराउन भनिएको छ। यस्तै स्थानीय सरकारी अधिकारी र आकस्मिक अवस्थाका लागि उद्धारकर्ताको सूची राख्न पनि भनिएको छ। 

हाल नेपालमा २० हजार पर्यटक घुमिरहेकाले उनीहरुलाई आवश्यक सरसहयोग गर्न स्थानीय समुदायलाई भनिएको छ। 

बोर्डले पर्यटकसँग बढी शुल्क नलिन, खाना, आवास र सहयोग सम्भव भएसम्म उपलब्ध गराउन विशेष अनुरोध पनि गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad