कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो

कुन विदेशी मुद्राको विनिमयदर आज कति?
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो

नेपालखबर
असोज ९, २०८२ बिहिबार ५:४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। हिजो बढेका सबै विदेशी मुद्राको मूल्य आज घटेको हो। 

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ। हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज केही घटेको छ। 

हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा छ। हिजो युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ७५ र बिक्रीदर ४६६ रुपैयाँ ७२ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ र बिक्रीदर ४६७ रुपैयाँ ०८ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad