कारोबार


आईजेएमडी एसएस पाइप्सका लागि रविन्द्र ढाँट आधिकारिक ब्रान्ड एम्बास्डर

आईजेएमडी एसएस पाइप्सका लागि रविन्द्र ढाँट आधिकारिक ब्रान्ड एम्बास्डर

नेपालखबर
असोज १, २०८२ बुधबार २१:११, काठमाडौँ

१० वर्षभन्दा बढीको अनुभवसहित उच्च गुणस्तरीय स्टेनलेस स्टील पाइप उत्पादन गर्दै आएको जय मातादीको आईजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन लोकप्रिय व्यक्तित्व रविन्द्र ढाँटलाई आधिकारिक ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ।

चिपागढ, रुपन्देहीस्थित अत्याधुनिक प्रविधियुक्त उत्पादनबाट निरन्तर गुणस्तर र स्थायित्वमा ध्यान दिँदै आएको आईजेएमडी एसएस पाइप्स नेपालभरका ग्राहकबीच विश्वसनीय नाम बन्दै आएको छ।

रविन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र ईमानदार व्यक्तित्वले कम्पनीको 'गुणस्तर, स्थायित्व र विश्वास' भन्ने मूल्यमान्यतालाई अझ मजबुत गर्ने विश्वास आईजेएमडी एसएस पाइप्सले लिएको छ।

यस सहकार्यसँगै आईजेएमडी एसएस पाइप्स अब केवल पाइप मात्र होइन, टिकाउ भविष्य र आधुनिक संरचनाको प्रतीक बन्ने यात्रामा अझ अघि बढ्नेछ – जहाँ रविन्द्र ढाँट ब्रान्डको विश्वसनीयता र पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने पात्र बन्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad