कारोबार


सडक विभाग फेरि चाकुपाट जाने, बबरमहलको क्षतिको विवरण आउन १० दिन लाग्ने

सडक विभाग फेरि चाकुपाट जाने, बबरमहलको क्षतिको विवरण आउन १० दिन लाग्ने

जल्नुअघिको सडक विभाग रहेको बबरमहल


नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १४:३, काठमाडौँ

बबरमहलमा रहेको सडक विभागको भवन आगलागीले ध्वस्त भएसँगै ललितपुरको चाकुपाट सर्ने भएको छ। 

प्रवक्ता प्रभातकुमार झाले आगलागीले ध्वस्त भएका कारण ललितपुर सरेर सञ्चालनमा आउने नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘क्षतिको विवरण एकीन हुँदै छ। १० दिनजति समय लाग्ला।’

उनका अनुसार सात दिनपछि मात्र चाकुपाटबाट सेवा सुरु गर्ने तयारी छ। 

२०७२ को भूकम्पपछि चाकुपाटबाटै काम गरिरहेको विभाग २०८० मंसिरमा बबरमहलको रेट्रोफिटिङ (प्रबलीकरण)पछि काठमाडौंमै फर्किएको थियो। 

तर १२० वर्ष पुरानो बबरमहल जेनजी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त भएको छ। बबरमहलमा ३०० कोठा थिए। चन्द्रशमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठाउँको नाम बबरमहल राखिएको थियो। 

यो पनि–

चुना र सुर्कीले चिटिक्क ३०० कोठाको बबरमहल (तस्बिर/भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad