नेपालको वैदैशिक व्यापार खुम्चिएको छ। विश्वमा कोरोनाभाइरसले महामारी लिएपछि त्यसको असर नेपालको वैदेशिक व्यापारमा पनि देखिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा ९ खर्ब ८२ अर्ब रुपैयाँको आयात भएको छ। यो गत वर्षको तुलनामा ७.४५ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा १० खर्ब ६१ अर्बको आयात भएको थियो।
९ महिनामा निर्यात भने गत वर्षभन्दा १२ प्रतिशत बढी छ। आर्थिक वर्ष २०७५÷७६ मा ६९ अर्ब २ करोडको निर्यात भएकोमा आर्थिक वर्ष २०७६/७७ मा ७८ अर्ब ८१ करोड रहेको छ।
गत वर्ष कुल वैदेशिक व्यापार ११ खर्ब ३१ अर्ब रहेकोमा चालू आर्थिक वर्षमा १० खर्ब ६१ अर्ब मात्रै व्यापार भएको छ।
3
Shares
प्रतिक्रिया