ad ad

कारोबार


चिनियाँ पर्यटक भित्र्याउने तयारी गर्नु : अर्थमन्त्री खतिवडा

चिनियाँ पर्यटक भित्र्याउने तयारी गर्नु : अर्थमन्त्री खतिवडा

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १०:३५,

अर्थमन्त्री डा. युवराज खतिवडाले अक्टोबरको पर्यटकीय सिजनमा चिनियाँ पर्यटक ल्याउन आवश्यक तयारी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन्।

पर्यटन क्षेत्र थलिएको भनिए पनि संक्रमणको जोखिम कम हुनेबित्तिकै उकास्न सकिने र अक्टोबरदेखि चिनियाँ पर्यटकहरु पनि नेपाल भित्रिने बताएका हन्।

नेपाल चेम्बर आफ कमर्सको टोलीसँग भेटवार्ता गर्दै उनले लामो समय लकडाउनमा बसेकाहरुलाई आन्तरिक पर्यटकमा प्रवर्द्धन गर्नुपर्ने बताए। लकडाउनमा बसेकाहरु अब तुरुन्तै घुम्न मन पराउने भएकाले तयसलाई केन्द्रित गर्न उनले भनेका हुन्।

व्यवसायीहरुले लकडाउनमा राम्रो भूमिका खेलेकोमा उनले प्रशंसा व्यक्त गरेका थिए।

कसैले खान पाउँदैन भन्ने थियो, कालोबाजारी हन्छ भन्ने थियो। त्यसलाई व्यवसायीहरु राम्रो भूमिका निर्वाह गरेको उनको भनाइ छ।

अहिले व्यवसायीहरुलाई असर गरेको र त्यसको लागि सरकारले केही राहत कार्यक्रम ल्याएको तथा बाँकी सरकारको नीति तथा कार्यक्रममार्फत ल्याउने जानकारी दिए।

अन्य देशको तुलनामा नेपालमा प्रभाव कम परेको र वयसयाीहरुलाई पनि कम असर गरेको उनले दाबी गरे।

त्यस्तै वैदेशिक रोजगारीलाई रोक्ने राम्रो अवसर देखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .