सेयरबजार परिसूचक नेप्से आज १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घट्नपुगेको छ।
आइतबार ६ अर्ब ६ करोडको किनबेच भएको सेयरबजारमा सोमबार ५ अर्ब १० करोडको खरिदबिक्री भएको हो। सोमबार कुल १ करोड १४ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणको कारोबार भएको हो।
योसँगै १४४ वटा सेयरको मूल्य बढ्दा १०६ वटाको घटेको छ भने दुईवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
साताको दोस्रो कारोबार दिन हिमस्टार ऊर्जा कम्पनी, स्ट्यान्डर्ड चार्टर्ड ब्यांक, एसबीआई ब्यांक डिबेन्चर, सिद्धार्थ बैंक र महिला लघुवित्तका सेयरधनीले कमाए भने उन्नति सहकार्य लघुवित्त, विकास हाइड्रोपावर, प्योर इनर्जी, पिपुल्स पावरलगायतका सेयरधनीले गुमाएका छन्।
सोमबार नेपाल पुनर्बीमाको सर्वाधिक २८ करोडको, एभरेस्ट बैंक २४ करोड, हिमालयन डिस्टिलरी २१ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया