कारोबार


बिमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन आह्वान

बिमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन आह्वान

नेपालखबर
भदौ १४, २०८२ शनिबार ८:५३, काठमाडौँ

नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ। 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शनिबार सूचना प्रकाशन गरी योग्यता भएका इच्छुक नेपालीलाई प्राधिकरणको अध्यक्ष पदका लागि ७ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो। 

सूचनामा भनिएको छ, ‘खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य खामबन्दी आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

हेर्नुहोस्, सूचना:

यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझालाई खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेपछि सो पद रिक्त छ।

यसपछि भदौ ९  गते बसेको मन्त्रिपरिषद् बैठकले बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ। जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad