ad ad

कारोबार


जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना लाग्दैन : ऊर्जामन्त्री

जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना लाग्दैन : ऊर्जामन्त्री

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ९:२१,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना नलाग्ने बताएका छन्।

लकडाउनका कारण विद्युत् महसुल तिर्ने विषयलाई लिएर आम उपभोक्ताहरुमा अन्यौल सिर्जना भएपछि मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल तिर्दा जरिवाना नलाग्ने प्रस्ट पारेका हुन्।

उनले यस विषयमा विद्युत् प्राधिकरण निर्णय गरी सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको समेत बताए।

‘विद्युत् महसुलका विषयमा सार्वजनिक चासो र चर्चा देखियो। जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना लाग्दैन’, मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसबारे निर्णय र निर्देशन भइसकेको छ।’

मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल बुझाउँदा जरिवाना नलाग्ने भए पनि अनलाइनबाट तिर्न सक्नेहरुलाई त्यअघि नै तिरेर प्राधिकरणको वित्तीय जोखिम न्युनीकरणमा सहयोग गर्नका लागि अनुरोध समेत गरेका छन्।

‘अनलाईनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दछ’, मन्त्री पुनले लेखेका छन्।

कोरोना भाइरस (कोभिड) १९ को संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेबाट मुलुकभर लकडाउन लाइएको छ। तेस्रोपटक यसको अवधि थप गर्दै वैशाख १५ गतेसम्म पु¥याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .