आज पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो प्रतितोला एक हजार पाँचसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ९८ हजार सातसय रुपैयाँ कायम भएको थियो।
गएको सोमबार सुनको मूल्य तोलामा तीनसय रुपैयाँ घटेको थियो। त्यसयताका दुई दिनमा सुनको मूल्य १८ सय रुपैयाँ बढेको छ।
गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर दुई हजार तीनसय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
636
Shares

प्रतिक्रिया