ad ad

कारोबार


विमान निर्माता बोइङले सोमबारदेखि काम सुरु गर्ने

विमान निर्माता बोइङले सोमबारदेखि काम सुरु गर्ने

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ७:१४,

गत महिनादेखि उत्पादन बन्द गरेको हवाइ जहाज निर्माता कम्पनी बोइङले आगामी सोमबारबाट उत्पादन सुरु गर्ने भएको छ।

कम्पनीले कोरोनाभाइरस महामारीका कारण बन्द भएको उत्पादन अप्रिल २० बाट खुल्ने बताएको हो।

रोयटर्सका अनुसार पुगेट साउन्ड एरियाका करिब २७ हजार बोइङ कामदारहरू ७४७, ७६७, ७७७ र ७८७ जेट प्रोग्रामको उत्पादनमा फर्किनेछन्।

७४७, ७६७ र ७७७ का कामदारहरू अप्रिल २० देखि काममा लाग्नेछन् भने ७८७ प्रोग्रामका कर्मचारीहरू अप्रिल २३ वा २४ भित्रबाट काममा लाग्ने बताइएको छ।

बोइङले विश्वभर रहेका आफ्ना २०० भन्दा बढी कर्मचारीमा कोरोना भाइरस देखिएको हुँदा हरेक सिफ्टमा अन्तराल कायम गर्ने र कामको समयमा समेत भौतिक दूरी सिर्जना गर्न भुइँमा चिन्ह लगाउने तथा साइनेज थप गर्ने बताएको छ।

कम्पनीका प्रमुख कार्यकारीले आफ्ना कर्मचारीहरूसँग हवाइ उद्योगलाई सरकारको आर्थिक सहयोग चाहिने बताएका छन्।

‘हाम्रो उद्योगलाई सरकारको सहयोगको चाहिन्छ, जुन क्रेडिट बजारमा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ’, बोइङका प्रमुख कार्यकारी डेभ काल्हौनले आफ्ना कर्मचारीहरुलाई लेखेको पत्रमा भनेका छन्, ‘हाम्रा ग्राहकरूले फेरि प्लेन नकिन्दासम्म हाम्रो टोलीले हाम्रो व्यवसाय र वितरण प्रणालीमा तरलता प्रवाहका लागि सकेजति तरिका अपनाउनेछ।’

बोइङले आफ्ना कर्मचारीहरूलाई काममा आउनुपहिले स्वास्थ्य जाँच गर्न र बिरामी भएमा घरै बस्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .