कारोबार


नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यकः ढकाल

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यकः ढकाल

नेपालखबर
साउन २५, २०८२ आइतबार २०:५२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन्।

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज काठमाडौंमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै उनले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताए। 

‘नेपालगन्ज पर्यटन, कृषि लगायतका क्षेत्रको लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो। सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिन सक्छ। यहाँहरुको यो पहल र प्रयास प्रति महासंघ एक्यवद्धता जाहेर गर्दछ’ अध्यक्ष ढकालले भने। 

नेपालजञ्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताए। यस्तै अध्यक्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणमा यो एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्री समक्ष आग्रह गर्ने धारणा राखे। 

उनले सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ आफ्तो तहबाट पहल गर्नु पर्नेमा जोड दिए।

यस्तै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठूलो लगानी भइसकको अवस्थामा निर्माण भएका विमानस्थलहरुको प्रभावकारी सञ्चालन आवश्यक रहेको समेत बताए।

उनले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढि कानूनहरु संसोधन गरेको उल्लेख गरे। 

देश विकासका लागि आन्तरिक र बाह्य पूँजी आवश्यक रहेपनि आन्तरिक पूँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम शुरु गरि सकिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad