कारोबार


४१ अंकले ओर्लिएको बजारमा ९ अर्ब ३३ करोडको सेयर कारोबार

४१ अंकले ओर्लिएको बजारमा ९ अर्ब ३३ करोडको सेयर कारोबार

नेपालखबर
साउन २०, २०८२ मंगलबार १६:२, काठमाडौँ

मंगलबार नेप्से ४१.३५ अंकले घटेर २८३४ विन्दुमा झरेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक र कारोबार दुवैमा गिरावट आएको हो। 

तेस्रो कारोबार दिन बजारमा ९ अर्ब ३३ करोडको सेयर किनबेच भयो। अघिल्लो दिन झण्डै ११ अर्बको कारोबार भएको थियो भने नेप्से पनि बढेको थियो। 

योसँगै आज ४६ वटा सेयरको मूल्य बढ्दा २०४ वटाको घटेको छ। आज समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको भने सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। यस दिन यी दुई कम्पनीका लगानीकर्ताले क्रमशः २४९.७९ र २२६.६६ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। 

यसबाहेक विन नेपाल लघुवित्त, सृजनशील लघुवित्त र सनराइज फर्स्ट म्युचुअल फन्डको पनि क्रमशः ४.६४, ४.२२ र ३.७३ प्रतिशतले सेयर मूल्य बढेको नेप्सेले जनाएको छ। 

तर थ्रिस्टार हाइड्रो, ट्रेड टावर लिमिटेड, लुम्बिनी विकास बैंक, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र सुपर मादी हाइड्रोको सेयर मूल्यमा भने गिरावट आएको छ। सबैभन्दा बढी आज थ्रिस्टारका लगानीकर्ताले घाटा व्यहोरे। उनीहरुले प्रतिकित्ता ९७.८५ रुपैयाँ नोक्सानी व्यहोर्दा बाँकी कम्पनीका लगानीकर्ताले क्रमशः ७५.९३, ३३.१९, २४ र ५०.८८ रुपैयाँ घाटा व्यहोरेका छन्। 

सर्वाधिक कारोबार भने हिमालयन रिइन्स्योरेन्सको भएको छ। कम्पनीको ३९ करोडको कारोबार हुँदा ट्रेड टावरको ३७, शिवम् सिमेन्टको ३३, बुटवल पावर कम्पनीको ३० र ङादी ग्रुप पावरको २४ करोडको किनबेच भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad