आज पनि सुनचाँदीकै मूल्य घटेको छ। हिजो तोलामा आठसय रुपैयाँ घटेको सुनको मूल्य आज थप पाँचसय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९३ हजार एकसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ९३ हजार ६ सय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर दुई हजार दुईसय ३५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ।
1.1k
Shares

प्रतिक्रिया