कारोबार


अर्थतन्त्रका केही परिसूचक राम्रा छैनन्: प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा

अर्थतन्त्रका केही परिसूचक राम्रा छैनन्: प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा

नेपालखबर
साउन ८, २०८२ बिहिबार १७:९, काठमाडौँ

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले नेपालको अर्थतन्त्रका केही परिसूचक राम्रा नभएको बताएका छन्। नेपालखबर राइजिङ नेपाल समिटको समारोहमा बोल्दै खतिवडाले निजी क्षेत्रको लगानी उत्साहजनक नभएको बताएका हुन्।  

'केही परिसूचक राम्रा छैनन्। निजी क्षेत्रको लगानी उत्साहप्रद रहेन। ३ वर्षयता। समग्रमा ६८ प्रतिशत अंश व्यहोथ्र्यो। अहिले छैन। अहिले एकतिहाइले निजी क्षेत्रको लगानी खुम्चिएको छ,' उनले भने, 'लगानीको स्रोत बैंकको कर्जा, सेयर इक्विटी र विदेशी लगानी हो। 
कहिलेकाहीँ नीतिगत सुधारमा जोड दिँदा पछाडि फर्किनुपर्ने हुँदो रहेछ।'

पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले यो वर्ष ५.५ देखि ६ प्रतिशतको बीचको आर्थिक वृद्धि हुने दाबी गरे। यो अवस्था उदाउँदो भएको पनि उनले दाबी गरे।   

उनले आफू अर्थमन्त्री भएको बेलामा देशको अर्थतन्त्र राम्रो भएको पनि सुनाए। 

'म अर्थमन्त्री भएको बेला विश्व बैंकको डुइंग बिजनेस मापनमा १९० मुलुकको सर्भे गर्दा हामी ११० मा थियौँ। ९४ औँ स्थानमा आएका थियौँ,' उनले भने, 'केही न केही सुधार भएको अवस्था छ। देशको सार्वभौमिक साख मूल्यांकन गर्ने कुरा अघिल्लो वर्ष भयो। हामी बीबी माइनस भयौँ तर दक्षिण एसियामा जोखिम कम भएको मुलुकमा पर्छौँ।'  

निजी क्षेत्र र सार्वजनिक क्षेत्र परिपूरकता हुनुपर्ने भन्दै उनले व्यवसायको लाभ सबैले पाउन् भनेर समाजवाद उन्मुख अर्थतन्त्र भनेको भन्दै थपे, 'यसकै कारण लगानी आएन भन्ने पनि गरिन्छ। त्यो होइन।'

लगानी कर्तालाई तर्साउने काम गर्नै नहुने उनको भनाइ छ। 'हामीले गर्नुपर्ने कुरा के हो गरौँ  राज्यले गर्नुपर्ने कुरा राज्यले गर्छ, लगानीकर्तालाई तर्साउने काम नगरौँ,' उनले भने, 'सरकार र निजी क्षेत्रबीच जोखिम बाँड्ने कुरामा जाने हो, जोखिम हस्तान्तरण गर्ने होइन। बीमा कम्पनी र व्यवसायीबीच यो होला तर सरकार र निजी क्षेत्रले सार्वजनिक निजी साझेदारी अगाडि बढाउनेतिर जानुपर्छ। अर्को भूमिकाबारे केही नयाँ उपकरणको बाटोमा लाग्नुपर्ने हुन्छ।' 

सरकारलाई दुविधामा नपार्ने निजी क्षेत्र चाहिएको पनि बताए। 'सरकारलाई दुविधामा नपार्ने निजी क्षेत्र चाहिएको छ। आफैँले निर्वाचित गरेको सरकार छ,' उनले भने, 'अहिले नीतिगत रुपमा ठूला पार्टीबीचको विभेद अन्त्य हुँदै छ। यसले लगानीलाई फाइदा हुन्छ। यो सरकार निर्माणको उद्देश्य नै आर्थिक गतिविधि चलायमान बनाउने भन्ने हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad