कारोबार


बजेटको ‘टेक एन्ड पे’ फिर्ता, बुँदा नम्बर २२७ मा अब के हुन्छ?

बजेटको ‘टेक एन्ड पे’ फिर्ता, बुँदा नम्बर २२७ मा अब के हुन्छ?

नेपालखबर
असार १०, २०८२ मंगलबार १५:२०, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले बजेटमा राखिएको ‘टेक एन्ड पे’को व्यवस्था फिर्ता लिएको बताएका छन्।

उनले मंगलबार संसद्‍मा सम्बोधन गर्दै वित्तीय जोखिम मूल्यांकनको आधारमा विद्युत् खरिदबिक्री गर्ने बताएका हुन्। 

अर्थमन्त्री पौडेलले भने, ‘ऊर्जा विकासमा सरकारको मात्रै लगानी पुग्दैन। निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन चाहेका छौँ।’

उनका अनुसार संशोधनपश्चात् बजेटको २२७ नम्बर बुँदामा ‘वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत तथा निर्यात हुने एकीन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्नसक्ने सुनिश्चितता भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिने’ उल्लेख हुनेछ।

हाल ल्याइएको बजेटको सो बुँदामा ‘जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सबस्टेसन र प्रसारणलाइन निर्माण गरिनेछ। विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने नीति लिइनेछ। रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणाअनुरुप विद्युत् खरिद सम्झौता गरिने’ उल्लेख छ।

बुँदा नम्बर २२७ को आशय उत्पादित विद्युत् खेर नजाओस्, उच्च प्रतिफल दिने आयोजना अगाडि बढाऊँ, हिउँदको समयमा समेत विद्युत् आपूर्ति सहज बनाऔँ भनेर ल्याएको अर्थमन्त्री पौडेलको स्पष्टोक्ति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad