आगामी आर्थिक वर्षको बजेटमा विद्युत् खरिदबिक्रीमा ‘टेक एन्ड पे’को व्यवस्था गरिएपछि जलविद्युत् उत्पादकहरू आक्रोशित बनेका छन्।
यस व्यवस्था तत्काल सच्याउन माग गरिरहेका ऊर्जा प्रवर्द्धकले बिहीबार पत्रकार सम्मेलन नै गरेर पावर हाउस नै बन्द गर्ने चेतावनी दिएका हुन्।
जलविद्युत् व्यवसायीहरूले ‘टेक एन्ड पे’को व्यवस्था संशोधन नभए पावर हाउस बन्द गर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवसायीले बजेटमा आएको ‘टेक एन्ड पे’ व्यवस्थाको विरोध गरेको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले ‘टेक एन्ड पे’को व्यवस्था केही कर्मचारीले बजेटमा घुसाएको आरोप लगाए। पत्रकार सम्मेलनमा बोल्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जामन्त्रीले समेत जिम्मेवारी नलिएकोले कर्मचारीबाट यस्तो व्यवस्था राखिएको उनको आरोप छ।
उनका अनुसार १७ हजार ११७ बढी मेगावाटका आयोजनामा ६६ अर्ब बढी लगानी भइसकेको छ। बजेटमा राखिएको सो व्यवस्थाको अर्थ यसरी उत्पादन भएको बिजुली सरकारले खरिद गर्दैन भन्ने रहेको उनले बताए।
यो पनि-
Shares

प्रतिक्रिया