कारोबार


मनसुनको विपद्‌लाई ध्यानमा राखेर बागमतीको गेग्रान हटाइँदैछ: उप्रधानमन्त्री सिंह

मनसुनको विपद्‌लाई ध्यानमा राखेर बागमतीको गेग्रान हटाइँदैछ: उप्रधानमन्त्री सिंह

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८२ मंगलबार १४:०, काठमाडौँ

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको बताएका छन्।

पूर्वाधार विकास समितिमा मंगलबार उपप्रधानमन्त्री सिंहले सम्भावित जोखिम रहेका ठाउँहरुमा अहिले काम भइरहेको बताएका हुन्। 

समितिमा वर्षातको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए।

‘विगतका घटनाबाट पाठ सिक्नुपर्छ। नदी समयमा सफा गर्नुपर्छ। उपत्यकामा नदिको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ’, उनले भने।

उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक शतर्कता अपनाइने पनि बताए। बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र,बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ।

अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा नदीबाट गेग्रान हटाउने काम भइरहेको उनको भनाइ छ। 

समितिमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरी आउने विपद्को लागि आवश्यक सतर्कता अपनाइएको बताए।

उनले विपद् हेर्ने गरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरुमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए। सचिव सिग्देलले अघिल्लो वर्षको बाढीले क्षति पुगेका १० वटा झोलुंगे पुलको निर्माण कार्य सकिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad