कारोबार


सम्हालिँदै सेयरबजार, सूचक र कारोबार रकममा सुधार

सम्हालिँदै सेयरबजार, सूचक र कारोबार रकममा सुधार

नेपालखबर
जेठ १४, २०८२ बुधबार १५:३७, काठमाडौँ

बुधबार सेयरबजार परिसूचक र कारोबार रकम दुवै वृद्धि भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरको उतारचढावपछि नेप्से १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा पुगेको हो। सूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ। 

२ करोड कित्ता सेयर बिक्रीपछि ८ अर्ब ५८ करोडको किनबेच भएको हो। यस दिन १४८ वटा धितोपत्रको मूल्य बढ्दा ९७ वटाको घटेको र दुईवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आज धितोपत्रहरुको वृद्धिदर १० प्रतिशतसम्म हुँदा घटेकाहरुको गिरावट दर अधिकतम ५.२६ प्रतिशतसम्म छ। 

बुधबार ओम मेगाश्री फर्म्यास्युटिकल्सको सेयर १० प्रतिशतले बढ्दा प्योर इनर्जीको ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ९.८५ प्रतिशत, भूगोल इनर्जी डेलपमेन्टको ९.१५ प्रतिशत र अरुण कावेली पावर लिमिटेडको ५.८९ प्रतिशतले बढेको छ। 

त्यस्तै वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर ५.२६ प्रतिशतले घटेको छ। यसबाहेक क्रेस्ट माइक्रो लाइफको ५.१० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ प्रतिशत, दिव्येश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डको २.९७ प्रतिशतले गिरावट आएको छ। 

कारोबारमा आज ङादी ग्रुप पावरको एकै दिन १ अर्बको कारोबार भएको छ। यसबाहेक राधी जलविद्युत् कम्पनीको ६० करोडको, युनिभर्सल पावर कम्पनीको ५१ करोडको, बुटवल पावर कम्पनीको ३५ करोडको र कुमारी बैंकको २१ करोडको कारोबार भएको छ। 

जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहको सूचक घटे पनि आज बाँकी भने हरियो छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad