सुनको भाउ बिहीबारको तुलनामा शुक्रबार आज तोलामा ११ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ९ गते) सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको हो।
बिहीबार (जेठ ८ गते) सुन तोलाको १ लाख ९१ हजार ५ सय मा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि केही घटेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको हो।
बिहीबार चाँदी तोलाको २ हजार २५ रुपैयाँ थियो।
2.3k
Shares

प्रतिक्रिया