कारोबार


अब नयाँ नोटमा यस्तो हुनेछ गभर्नरको हस्ताक्षर

अब नयाँ नोटमा यस्तो हुनेछ गभर्नरको हस्ताक्षर

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १९:३३, काठमाडौँ

रिक्त भएको झण्डै डेढमहिनापछि राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

गएको चैत २४ गते महाप्रसाद अधिकारी अवकास भएसँगै गभर्नर रिक्त भएको थियो। गभर्नर रिक्त हुनु एक महिनापहिले नै सिफारिस हुनु पर्ने भए पनि डेढमहिनापछि सिफारिस भएर सिफारिस भएको केही घण्टामै सरकारले नियुक्त गरेको हो। 

विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त

१८ औँ गभर्नर बनेका पौडेलले अब छपाइ हुने नयाँ नोटमा हस्ताक्षर गर्ने छन्। मंगलबार नै बसेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो। 

सिफारिसमा पौडेलसँग निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम थियो। यसअघि सिफारिस समितिको सदस्य रहेका पौडेलले दुई दलबिच सहमती नजुटेपछि गभर्नर बन्न समितिबाट राजीनामा दिएका थिए।

मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पुनः छलफल भएपछि पौडेलको नियुक्ती पक्का भएको थियो।

यसैबिच गएको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका पौडेललाई गभर्नर नियुक्त गर्न नमिल्ने भन्दै उनी सिफारिस हुनु पहिले नै दुई वकिल सर्वोच्च पुगेका थिए। तर उनीहरूको रिट सर्वोच्च प्रशासनले गत शुक्रबार नै दर्ता गर्न अस्वीकार गरेको थियो। 

दरपिठको निर्णयविरुद्ध अर्को निवेदन लिएर गएपछि मंगडलबारलाई पेसी तोकिको थियो। उनी गभर्नरमा सिफारिस हुनुभन्दा केही समय पहिले मात्रै न्यायाधीश सपना प्रधान मल्लको इजलासले रिट दरपिठको निर्णय सदर गरेसँगै उनीमाथिको कानुनी प्रश्नको पनि निरुपण भएको थियो।

अर्थमन्त्री र गभर्नर दुई पौडेल: पार्टी फरक भए पनि यसरी मिल्छ ‘ट्युनिङ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad