कारोबार


१४ अंकले घट्यो सेयरबजार, लगानीकर्ताले गरे साढे ९ अर्बको किनबेच

१४ अंकले घट्यो सेयरबजार, लगानीकर्ताले गरे साढे ९ अर्बको किनबेच

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १५:२९, काठमाडौँ

मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १४.८७ अंकले घटेको हो। 

कारोबार सुरु भएलगत्तै २६६९ विन्दुसम्म पुगे पनि त्यसपछि निरन्तर ओरालो लागेको सूचक कारोबार समय सकिँदा २६३४.२३ विन्दुमा ओर्लिन पुग्यो। 

योसँगै कुल २ करोड १८ लाख कित्ता बिक्रीपछि ९ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको हो। 

आजको कारोबारमा ७७ वटा धितोपत्रको मूल्य बढे पनि १६८ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आज क्रेस्ट माइक्रो लाइफ, ओम मेगाश्री फर्म्यास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले कमाएका छन्। त्यसैगरी जोशी हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, लुम्बिनी विकास बैंकका सेयरधनीले पनि अधिकतम ६.८८ प्रतिशतसम्म प्रतिकित्ता आम्दानी गरेका छन्। 

तर निरन्तर सकारात्मक सर्किट लाग्दै आएको नेपाल माइक्रो इन्स्योरेन्सको सेयर भने आज ६.२२ प्रतिशतले घटेको छ। यसबाहेक बुटवल पावर कम्पनीको ४.३१ प्रतिशत, सिक्लेस हाइड्रोपावर, हिमालयन ऊर्जा र राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य घटेको छ। 

सर्वाधिक कारोबारमा भने आज युनिभर्सल पावर कम्पनी अगाडि छ। लगानीकर्ताहरुले यो कम्पनीको ६७ करोड रुपैयाँबराबरको किनबेच गरेको नेप्सेले जनाएको छ। यसबाहेक ङादी ग्रुप पावरको ५२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड, सानिमा माई हाइड्रोको ४७ करोड र राधी जलविद्युत्को ४६ करोडको सेयर कारोबार भएको छ। 

आज विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन उपसूचक हरियो रहे पनि बाँकी सबै राताम्य रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad