कारोबार


अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलरको बढ्यो

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलरको बढ्यो

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार ५:१७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। युरो र पाउन्डको विनियमदर हिजो पनि घटेको थियो। अस्ट्रेलियन डलरको मूल्य भने आज पनि बढेको छ। अस्ट्रेलियन डलरको मूल्य हिजो पनि बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज बढेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २२ पैसा थियो। 

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ २३ पैसा र बिक्रीदर १८० रुपैयाँ ०३ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा छ। अस्ट्रेलियन डलरको मूल्य हिजो पनि बढेको थियो। 

हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रुपैयाँ १५ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad