कारोबार


गभर्नर बन्ने चर्चाले पनि छाएन सेयरबजारमा रौनक, दोहोरो अंकले घट्यो नेप्से

गभर्नर बन्ने चर्चाले पनि छाएन सेयरबजारमा रौनक, दोहोरो अंकले घट्यो नेप्से

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १५:३७, काठमाडौँ

आइतबार सेयरबजार परिसूचक (नेप्से) १६.६८ अंकले घटेर २७०६.०४ अंकमा बन्द भएको छ। 

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने अन्तिम चरणमा रहँदा त्यसको प्रभाव बजारमा देखिएन। सामान्यतया नयाँ व्यक्ति गभर्नरमा आउने कुराले बजारमा उत्साह छर्ने गर्छ। 

तर गभर्नरमा नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक रहेका गुणाकर भट्ट बन्ने लगभग पक्काजस्तो बनिसक्दा पनि त्यसको असर बजारमा सकारात्मक नदेखिएको हो। 

यो दिन दोहोरो अंकले घटेको बजारमा लगानीकर्ताले कारोबार पनि खुम्च्याएर ८ अर्बमा झारेका छन्। अघिल्लो कारोबार दिन (बिहीबार) साढे १० अर्बको कारोबार गरेका लगानीकर्ताले आइतबार ८ अर्ब १२ करोडको मात्रै कारोबार गरेका हुन्।

कारोबार सुरु भएबाटै घट्न थालेको बजारले दिनभर राताम्मे भएरै बितायो। यो दिन नेप्से अधिकतम विन्दु २७३१ अंकमा पुग्यो भने न्यूनतम विन्दु २७०० सम्म ओर्लिन पुग्यो। समग्रमा अन्तिम समयमा सम्हालिँदै १६ अंकको गिरावटसँगै नेप्से २७ सय माथि नै बन्द हुन पुग्यो। 

यो दिन समूहगत रुपमा वित्त, होटल र जलविद्युत क्षेत्रका कम्पनीहरुले नेप्से घटाउन मद्दत पु¥याए। यी समूहको उपसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् भने आज व्यापार समूह १.०२ प्रतिश र उत्पादन तथा प्रशोधन समूह ०.५२ प्रतिशतले बढेका छन्। 

बाँकी रहेका सबै समूहको उपसूचक घटेर राताम्मे बन्दा त्यसको असर समग्र बजारमा देखिएको हो।

यस्तै आज कम्पनीगत रुपमा भने १९२ वटा मूल्य घट्ने सूचीमा देखिए भने ५३ वटा कम्पनी बढ्ने सूचीमा देखिए।

बढ्नेमा आज नेपाल माइक्रो फाइनान्स र क्रेष्ट माइक्रो फाइनान्स अगाडि छन्। यी कम्पनीहरुको प्राथामिक सेयर केही समय अगाडिमात्रै नेप्सेमा सूचिकृत भएका थिए। 

त्यसयता यी कम्पनीहरुको राताम्मे बजारमा पनि मूल्यमा सकारात्मक सर्किट लाग्दै आएका छन्।

यस्तै घट्नेमा भने आज हिमालयन पावर पार्टनर र बलेफी हाइड्रो अगाडि छ। यी दुवैको ७ प्रतिशत भन्दा धेरैले मूल्य घटेको हो। 

कारोबारमा भने आज राधी विद्युत कम्पनी अगाडि छ। यो कम्पनीको ६८ करोडको सेयर किनबेच भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad