कारोबार


सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो

सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार ११:४९, काठमाडौँ

सरकारले चालु आर्थिक वर्षको ९ महिनामा करिब ५८ प्रतिशत राजस्व संकलन गरेको छ। 

बजेट वक्तव्यमा १४ खर्ब १९ अर्ब संकलन गर्ने लक्ष्य राखिएकोमा नौ महिनामा ८ खर्ब २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो। 

राजस्वबा६ ७ खर्ब ३४ अर्ब रुपैयाँ संकलन हुँदा गैरकर राजस्वबा६ ८ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ। अनुदान वापत १४ अर्ब २६ करोड रुपैयाँ बजेटरी साहायताको रुपमा भित्रिएको छ। 

त्यस्तै १८ खर्ब ६० अर्ब रुपैयाँको कुल खर्चमध्ये ९ खर्ब ९३ अर्ब रुपैयाँ खर्च भएको छ। अर्धवार्षिक समीक्षा मार्फत १६ खर्ब ९० अर्ब रुपैयाँ खर्च भएको छ। 

चालु खर्चमा ६ खर्ब ७४ अर्ब रुपैयाँ र पूँजीगत खर्च ३ खर्ब ५२ अर्बमध्ये १ खर्ब १ अर्ब रुपैयाँ खर्च भएको छ। चालु खर्च ५९.१३ प्रतिशत र पूँजीगततर्फ २८.८ प्रतिशत मात्रै खर्च भएको छ। 

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गर्ने भनेको थियो। त्यसमध्ये २ खर्ब १७ अर्ब रुपैयाँ खर्च भैसकेको छ। सरकारले लक्ष्यको सबैभन्दा बढी अनिवार्य दायित्वमा पर्ने साँवा ब्याज भुक्तानी गर्न ५९.२३ प्रतिशत भएको छ। 

बजेट समीक्षाबाट चालूतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०.२४ प्रतिशत, पूँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात विनियोजनको ९९ प्रतिशत खर्च हुने संसोधित अनुमान छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad