कारोबार


सेयर मार्केट तालिमका नाममा पनि अनलाइन ठगी, प्रहरीले भन्यो– सचेत रहनू

सेयर मार्केट तालिमका नाममा पनि अनलाइन ठगी, प्रहरीले भन्यो– सचेत रहनू

नेपालखबर
चैत २८, २०८१ बिहिबार १६:३०, काठमाडौँ

सेयर मार्केटको तालिम दिने बहानामा फिसिङ हुने गरेको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ। 

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले अनलाइनमार्फत सेयरमार्केट तालिम दिने भन्दै फिसिङ लिंक पठाएर ठगी हुने गरेको भन्दै सचेत गराएको हो। 

ब्युरोले सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयरमार्केट तालिम लिन सकिने र सोको लागि उपलब्ध गराइएको लिंकमा कुनै फिसिङ सफ्ट्वेयर इन्स्टल गर्ने भन्दै ठगी भइरहेको पाइएको जनाएको छ। 

योबाहेक बैंकिङ वालेट प्रयोगकर्ताहरुलाई तपाईंको खातामा असामान्य गतिविधि देखिएको भन्दै एसएमएस गरेर लिंकमा जान लगाउने क्रम बढेको छ। यसरी लिंकभित्र गएपछि उक्त व्यक्तिको बैंकिङ खातासम्मै पहुँच पुर्याउने हुनाले कुनै पनि प्रकारका असम्बन्धित लिंक नखोल्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad