कारोबार


ओलीले उद्योगीलाई भने– बिहान उठ्नेबित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउन पाइयोस्, नेपाली साबुनले हात धुन पाइयोस्

ओलीले उद्योगीलाई भने– बिहान उठ्नेबित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउन पाइयोस्, नेपाली साबुनले हात धुन पाइयोस्

नेपालखबर
चैत २८, २०८१ बिहिबार १४:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा र उद्योग दिवसलाई सम्बोधन गरेका छन्। 

सो अवसरमा उद्योगी व्यवसायीलाई साधारणसभाको अवसरमा बधाई दिँदै उनले नेपालमै उत्पादनवृद्धिमा लाग्न सुझाव दिए। 

उनले पुर्खौँदेखि फलामे औजार बनाउन नेपालीले जाने पनि सामान्य कुराहरुमा चुकेको बताए। 

खासगरी नेपालकै दन्तमञ्जन, नेपाली साबुनजस्ता दैनिक उपभोग्य वस्तु उत्पादन गर्न नसकेकामा उनले गुनासो गरे।

‘बिहान उठ्नेबित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउन पाइयोस्, नेपाली साबुनले हात धुन पाइयोस्’, उनले भने, ‘यी चिजहरु गजब छन्, हामी पुर्खौँदेखि फलाम गालेर, घनले ठोकेर अनेक गरेर औजार बनाउन सक्ने, सामान पेलेर तेल, पिठो बनाएर लिटो र मञ्जन बनाउन नसक्ने?’

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री ओलीले पछिल्ला नवप्रवर्तनका प्रविधि प्रयोग गर्न सुझाव समेत दिए। 

‘फाली र करुवा बनाउन सक्ने तर सजिला कुराचाहिँ प्रविधिमा ध्यान नदिने, विकास नगर्ने, आफैँले गर्नुपर्छ’, उनले भने, ‘हामीले प्रविधि आयात गर्नैपर्छ। आज ग्लोबलाइज्ड जमाना हो। जतिबेला गर्नुपथ्र्यो, सकेनौँ। अब ट्रान्सफरको जमानामा छौँ भन्ने पनि बुझ्नुपर्छ।’

हरेक उत्पादन, सेवा र सुविधामा प्रविधिको प्रयोग गर्न उनको सुझाव थियो। 

‘आज प्रविधिको जमाना हो। आईटीले मात्रै पनि पुग्दैन। निकै ध्यान दिन खोजेका छौँ, प्रडक्सन, सर्भिस, म्यानुफ्याक्चरिङ प्रविधिको पनि उत्तिकै महत्व छ। त्यता सौचौँ’, ओलीले भने, ‘कृषि प्रविधिमा कहिले ध्यान दिने? कृषिमा पछाडि पर्यौँ भने कुनै दिन कुनै कारणवश कृषिमा आत्मनिर्भर हुन नसक्ने हाम्रोजस्तो देशलाई आयात गर्ने ठाउँ नै भएन भने भोकै मर्छौँ। हाम्रोजस्तो देशमा त्यसो हुनुहुँदैन। सबैले शुद्ध आहार पाउने ग्यारेन्टी गर्न सक्नुपर्छ। त्यसमा बचत हुने अवस्था बनेपछि विकास हुन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad