वाइवाईले नयाँ स्वादमा ‘वाइवाई क्विक हट एन्ड स्पाइसी नुडल्स’ बजारमा ल्याएको छ।
प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्तालाई लक्ष्य गरी ल्याइएको उक्त चाउचाउको मूल्य ५० रुपैयाँ राखिएको सीजी फुड्सले जनाएको छ।
चार दशकदेखि वाइवाईले नेपालमा मात्र नभई विश्व बजारमा समेत आफ्नो उत्पादन पुर्याइरहेको छ।
यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षाअनुसारको स्वाद दिलाउने दाबी कम्पनीले गरेको छ।
यसैबीच वाइवाईले स्पाइसवर्स टिकटक चुनौती शीर्षकमा प्रतिस्पर्धा पनि सुरु गरेको जनाएको छ।
जसमा विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिन सकिने र तीमध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने वाइवाईले जनाएको छ।
‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौँ। विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवा, जो गेम खेल्न, स्ट्रिट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौँ। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो,’ कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले भनेका छन्।
वाइवाई क्विक हट एन्ड स्पाइसी नुडल्समा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताको चाहनालाई समेत समेटिएको कम्पनीले जनाएको छ।
‘पिरोपनको परिभाषा व्यक्तिअनुसार फरक हुन्छ। कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने कसैले सन्तुलित मसला रुचाउँछन्। हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौँ। हामी विश्वस्त छौँ- वाइवाईको यो नयाँ हट एन्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ’, सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले भनेका छन्।
Shares

प्रतिक्रिया