नेपाली व्यवसायी पवन गोल्यानको कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ। जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो।
अप्रिल २ मा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरेका छन्।
यो साझेदारी नेपाली कृषि क्षेत्रको दिगो विकास, नयाँ कृषि विधिहरू, र नेपाली कृषकहरूको जीवनस्तर सुधार्ने उद्देश्यले गरिएको छ।
जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालय बीच जनता एग्रोले नेपालमा गरीरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको हो।
जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन कुमार गोल्यानले भने,‘यो साझेदारी नेपालको समग्र कृषि क्षेत्रमा आमुल परिवर्तन लागि महत्वपुर्ण सुरुवात हो। विश्वविद्यालयको मूल्यवान विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा कृषकहरूलाई कृषि उपकरणहरू उपलब्ध गराउनमा मद्दत गर्नेछ, जसले उत्पादनमा वृद्धि हुनुको साथै नेपालको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउनेछ।’
Shares

प्रतिक्रिया