कारोबार


भारतीय कम्पनीले पायो वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी

भारतीय कम्पनीले पायो वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी

फाइल तस्बिर


रासस
चैत १९, २०८१ मंगलबार १३:२७, काठमाडौँ

वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ। 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि रु चार अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिए। 

समितिका अनुसार सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पाेरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए। 

कन्टेनर कर्पाेरेसन अफ इन्डिया प्रालिले भने चार अर्ब ५१ करोड रकमको बोलकबोल गरेको थियो। समितिका अनुसार छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आगामी साउनदेखि पाँच वर्षसम्म सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउनेछ। यसअघि पनि सोही कम्पनीले तीन अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खाबन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो। 

वीरगन्जको सिर्सियास्थित सुक्खाबन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यस बन्दरगाहमा कार्गाे रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ। यो सन् २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोड लागतमा निर्माण गरिएको हो।

भारत सरकारको २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको छ। वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा भने ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ।

गत आवमा भने सो कार्यालयले ४७ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad