दुर्गा प्रसाईंको नेतृत्वमा भएको राजावादीहरुको प्रदर्शन उग्र बन्दै जाँदा पूर्वबाट काठमाडौं आउने सवारीसाधनहरु छिमेकी जिल्ला काभ्रेका नाकामा रोकिएका छन्।
प्रदर्शनकारीको भीड उग्र बन्दै जाँदा आगजानी र तोडफोड हुनथालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ।
सोसँगै पूर्वी नाका हुँदै काठमाडौं भित्रिने सवारीसाधनलाई काभ्रेमै रोकिएको हो।
प्रहरीका अनुसार साँगा, नाला, काभ्रेभन्ज्याङ नाकामा सवारीसाधनहरुलाई रोकिएको छ।
‘१ हजार गाडी काभ्रेमा रोकिएका थिए’, काभ्रे प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले भनिन्, ‘नालाको बाटो हुँदै थोरै थोरै संख्यामा साना गाडी पठाउन थालिएको छ।’
189
Shares

प्रतिक्रिया