श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले काठमाडौं मेडिकल कलेज र यसका दुई आपूर्तिकर्ता कम्पनीलाई २/२ लाख जरिवाना गरेको छ।
गत माघ १० मा विभागले गरेको अनुगमनमा सिनामंगलमा रहेको कलेजले श्रमिक आपूर्तिकर्ताको अनुमति नै नलिएका कम्पनीमार्फत श्रमिक लिएकाले उक्त जरिवाना गरिएको हो।
कलेजले फाल्कन सर्भिसेस प्रालि र कमल पोखरी सपोर्ट सर्भिस प्रालिसँग श्रमिक आपूर्ति गरेको अनुगमनमा पाइएको थियो। सोसँगै यी दुई कम्पनीले पनि २ लाख जरिवाना तिर्नुपर्ने भएको छ।
अनुगमनमा कैफियत पाइएपछि विभागले यही चैत ६ गते जरिवाना तिराउने निर्णय गरेको विभागका प्रवक्ता इ. मणिनाथ गोपले जानकारी दिए।
विभागले श्रमिकको हकहित र सुरक्षाबारे अनुगमन गरी कैफियत पाइएको अवस्थामा कारबाही प्रक्रिया समेत अघि बढाएको उल्लेख गरेको छ।
96
Shares

प्रतिक्रिया