ad ad

कारोबार


लकडाउनको मौका छोपेर चोरी बढ्यो, पेप्सीकोलामा आधा दर्जन पसल फोरिए

लकडाउनको मौका छोपेर चोरी बढ्यो, पेप्सीकोलामा आधा दर्जन पसल फोरिए

सन्तोष न्यौपाने
चैत १४, २०७६ शुक्रबार ५:४०,

सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लकडाउन गरेको मौका छोपेर केही ठाउँमा चोरी हुन थालेका छन्।

काठमाडौं, ३२, पेप्सीकोला क्षेत्रमा दुई दिनमा ३ वटा पसल फोरिएका छन् भने अन्य केहीमा चोरीको प्रयास भएका छन्।

पेप्सीकोला टाउनप्लानिङमा कोशेली टेलरिङका सञ्चालक तथा नेपाल टेलिरिङ व्यवसायी संघ, काठमडौंका अध्यक्ष सुजन थपलियाले लकडाउन भएपछि चोरीका घटना दिनहुँ भइरहेको बताए। आफ्नो पसलमा समेत चोरीको प्रयास भएको तर ताल्चा फार्न नसकेर अर्को पसलमा चोरी गरेको उनले बताए।

‘दिनानुदिन चोरी बढिरहेको छ’, थपलियाले भने, ‘प्रहरीले शान्ति सुरक्षा दिन सकेको छैन।’ उनका अनुसार दुई/तीन दिनको अवधिमा पेप्सीकोलामा आधा दर्जन पसलमा चोरी र चोरीका प्रयास भएका छन्।

चैत ११ राति मुडफेस पान पसलमा चोरी भएको थियो। उक्त पसलबाट करिब सवा लाख रुपैयाँबराबरको सामान चोरी भएको थपलियाले बताए। चारले रडले ताल्चा फोरेर पसल फोरेको थियो।

चोरी भएको बारे जानकारी गराउँदै काँडाघारी प्रहरी प्रभागमा निवेदन लिएको थपलियाले बताए।

यसैगरी, बुधबार राति काठमाडौै ३२ पेप्सीकोला, टाउनप्लानिङमा रहेको सरिता कस्मेटिक पसलबाट पनि चोरी भएको छ। रड ताल्चा फोरेर उक्त पसलभित्रका सामान र नगद चोरी भएको छ।

sarita cosmetic 11

थपलियाका अनुसार त्यहाँभित्र रहेको सीसी क्यामराको क्यामरा र डीभीआर यहीँ छोडेर मोनिटर र केही थान कस्मेटिकको सामानहरु, क्यारेन्टीवाला गहाना चोरी भएको छ। पसलमा रहेको २३ हजार नगदसहित उक्त पसलबाट ७५ हजारको सामान चोरी भएको छ।

त्यसैगरी, अब्दुल सिलाइ मेसिनवालाका पनि पसलको सटर फोर्ने प्रयत्न गरिएको छ।

मनोहोरा, वडा नम्बर ९ मा रहेको प्रहरी प्रभागले काठमाडौं ३२ को बन्दना आयल स्टोरसम्मको क्षेत्र हेर्ने गरे पनि प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।

सुरक्षा व्यवस्था राम्रो हुन नसकेपछि उक्त क्षेत्रका व्यवसायहरु मिलेर बिहीबार काँडाघारी प्रभागलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइयोस् भनेर निवेदन लिएको थपलियाले बताए।

‘कोरोनाको संक्रमण बढिरहेको बेला मौका छोपेर चोरी र आपराधिक घटना बढ्ने सम्भावना भएकाले त्यसलाई निर्मूल पारियोस् भनेर व्यवसायी मिलेर संयुक्त निवेदन पनि दिएका छौं’, थपलियाले भने।

काँडाघारी प्रभागमा २४ क्यामरा रहेको सेट रहेको र उक्त सीसी क्यामरामध्ये १२ वटा क्यामरा बिग्रिएको थपलियाले बताए। काँडाघारी वडाको ७, ८ र ९ वडाको विभिन्न पोलमा सर्भिलेन्स राखिएको छ, त्यो पनि बिग्रिएको र मटिरमा दृष्य हेर्न नपाइने उनले बताए।

‘प्रहरी पूर्ण क्षमतामा बस्न सकेको छैन,’ थपलियाले भने, ‘त्यसमा पनि स्थानीय सरकार, कागेश्वरी मनोहराको मेयर, ७, ८ र ९ का वडा अध्यक्षहरु उदासिन रहेको देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .